मुख्यमन्त्री भलिबल कपः उपाधिका लागि पुरुषतर्फ बागलुङ र पर्वत, महिलातर्फ म्याग्दी र पर्वत भिड्ने
पाेखरा | फागुन २, २०७९
पोखरा: गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबलको फाइनलको समिकरण पूरा भएको छ ।
स्याङ्जाको वालिङमा जारी गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको दोस्रो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३०को सोझो सेटमा पराजित गर्दै फाइलन प्रवेश गरेपछि समिकरण पूरा भएको हो ।
पर्वतले २५-१८, २५-२२ र २५-२० ले विजयी हुँदै फाइलनमा बागलुङसँगको भेट पक्का गरेको छ ।
यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै बागलुङले फाइलनमा स्थान पक्का गरेको थियो ।
बागलुङले शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै नाटकीय जित निकालेको हो । पहिलो र दोस्रो सेट क्रमशः १८–२५ र २३–२५ ले गुमाएको बागलुङले तेस्रो सेट २५–१५, २५–१९ र पाचौं तथा निर्णायक सेट १७–१५ अङ्कले जित्दै मुख्यमन्त्री भलिबल कपको फाइनलमा प्रवेश गरेको हो ।
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपमा उपाधिका लागि महिलातर्फ जिल्ला भलिबल संघ म्याग्दी र पर्वत, पुरुषतर्फ जिल्ला भलिबल संघ बागलुङ र पर्वतबीच भोलि (बुधबार) स्याङ्जाको वालिङमा हुनेछ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् ।
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

